ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

(नेपाल क्राईम)                                                       लमजुङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु​ भएको छ ।मृत्यु हुनेमा ट्याक्टरमा सवार तनहुँको भानु नगरपालिका- ९ बस्ने २७ वर्षीय किरण गुरुङ रहेका छन् । ​दोर्दी गाउँपालिका- ५ कैचेडाँडास्थित सडकमा कैचेगाउँबाट कैचेडाँडातर्फ जाँदै गरेको ग १ त ५२७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बिहान दुर्घटनामा परेको थियो ।