नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले दोस्रो जित निकालेको छ।
बिहीबार स्कटल्यान्डको ग्लास्गोमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्यो।
जितसँगै तीन खेलबाट चार अंक जोड्दै नेपाल अंक तालिकको शीर्ष स्थानमा उक्लियो। चार खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा झर्यो। अन्तिम खेलअघि घरेलु टोली स्कटल्यान्डको २ अंक छ। अब नेपाल र स्कटल्यान्डबीच शुक्रबार अन्तिम खेल हुनेछ।
बिहीबार नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले २ बल खेल्न बाँकी छदा पूरा गर्यो।