नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि माग गरेको पद संख्या वृद्धि गरेको छ ।
प्रहरीले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि पहिले माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थप गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।यो सँगै अब कुल १ हजार ८४२ जनालाई प्रहरी जवान बन्ने अवसर प्राप्त हुनेछ । नयाँ संख्या अनुसार अब खुला प्रतिस्पर्धाबाट ९९३ जना छनोट गरिने छन् ।