बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना शुरू

(नेपाल क्राईम)                                                         बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना शुरू गरिएको छ । प्रत्येक वर्षझैं यस वर्ष पनि राप्ती नदीमा छाडिएका घडियाल गोहीको सर्वेक्षण तथा निरीक्षणका साथै गणना शुरू गरिएको हो ।  बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीका अनुसार राप्ती नदीमा यसअघि पटक–पटक छाडिएका घडियाल गोहीको पनि गणना कार्य हुँदै आएको छ ।