(नेपाल क्राईम) नहरले बगाएर बिहीबार नाबालकको मृत्यु भएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले स्थानीय मेघराज कटवालका २ वर्षीय छोरा दिप्सनको नहरमा बगेर मृत्यु भएको जानकारी दिए ।
घर नजिकै नहरमा खेल्ने क्रममा डुबेका बालकको शव घरबाट करिब १ किलोमिटर दक्षिणस्थित धानखेतमा फेला परेको कार्कीले बताए ।