नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक सिरिज आजदेखि सुरू

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक सिरिज आजदेखि सुरू हुँदैछ । स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ ।फोर्थहिल डुन्डीमा खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजेदेखि सुरू हुनेछ । नेपालले सिरिजको दोस्रो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ । जुन ८ मा पुनः स्कटल्याण्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।