त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट सुनसहित एक जना प्रकाउ परेका छन्। ।
करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक ५३ वर्षीया मिना सुरजीत सिंह पक्राउ परेकी हुन् ।
सुरजीत सिंहको साथबाट प्लाष्टिकले र्याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।