(नेपाल क्राईम) आईसीसी यू–१९ महिला विश्वकप २०२५ मा आज नेपालले तेस्रो खेल अस्ट्रेलियासँग खेल्दैछ । नेपाल र अस्ट्रेलियाबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ ।नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् । नेपालले पहिलो बंगलादेश र दोस्रो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको थियो ।