बर्वाबाट १९५ किलो अवैध लागुऔषध गाँजासहित पक्राउ

(नेपाल क्राईम)

बर्वाबाट १९५ किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई गतराति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।