४ जिल्लामा नयाँ प्रहरी प्रमुख

प्रहरी प्रधान कार्यालयले प्रहरी प्रमुखविहीन रहेका जिल्ला तथा १ वर्ष अवधि पूरा भएका एसपीको सरुवा गरेको छ।

रिक्त रहेका धादिङ र बर्दियामा नयाँ एसपी पठाइएको छ। धादिङमा भेषराज रिजाल  र बर्दियामा सरोज पौडेललाई पठाइएको हो।

त्यसैगरि तनहुँमा टेकबहादुर कार्की क्षेत्री र उदयपुरमा राजन चापागाईंलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो।