एम्बुलेन्समा लुकाएर ल्याएको लागुऔषधसहित ४ जना भारतीय नागरिक पक्राउ

(नेपाल क्राईम)

प्रहरीले एम्बुलेन्समा लुकाएर ल्याएको लागुऔषधसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार राति २ बजेतिर ललितपुर बागमती गाउँपालिका-३ छपेली भट्टेडाँडामा भारतीय नम्बर प्लेट बिआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्स चेक गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय भारतीय नागरिक समिर आलम, ३३ वर्षका मुन्ना अन्सारी, ४५ वर्षकी नोर्जान खातुन छन् ।एम्बुलेन्स चालक मोहम्मद उमर भने एम्बुलेन्सको चाबी लिएर फरार भएपनि शनिबार पक्राउ परेको एसएसपी श्यामकृष्ण अधिकारीले बताए । बयानका क्रममा उनीहरूले बिरामी भएको नाटक