आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज पुनः स्कटल्याण्डसँग खेल्दैछ।
स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।
फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।
नेपालले स्कटल्याण्डविरूद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्जक जित हासिल गरेको थियो।