भोटेकोशीमा आएको बाढीमा फसेका ९ जनाको उद्धार गरिएको छ ।
आज बिहान रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा आएको बाढीमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले ९ जनाको उद्धार गरिएको र अन्यको खोजी भइरहेको जानकारी दिए ।