(नेपाल क्राईम)
कैलालीको धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झण्डा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विद्यार्थीले च्यातेर फालिदिएका छन् ।
आइतबार सडकमा उत्रिएका माओवादी र रास्वपाका विद्यार्थी नेता, कार्यकर्ताले सडकमा राखिएका कांग्रेस र नेविसंघका झण्डाहरू हटाइर फालिदिएका हुन् ।
सभापति देउवा सोमबरदेखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्न नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीले सडक क्षेत्रमा कांग्रेसको झण्डा राखेका थिए ।