( नेपाल क्राईम)
पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा योगी आदित्यनाथको तस्बिरसहितको ब्यानर मुख्य आयोजकहरुको अनुमति र छलफलबीना आफुखुसी राखिएको खुलेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट एकमहिना लामो बसाईपछि काठमाडौं फर्किएका छन् । उनको आगमनका लागि भब्य स्वागतको आयोजनामा देखिनेगरि कमल थापा र राजेन्द्र लिङदेको राप्रपा तथा दुर्गा प्रसाईको अभियान थिए । यस्तै स्वस्र्फूतरुपमा नागरिकहरु सहभागि हुनका लागि विभिन्न ब्यक्तिहरुबाट ब्यक्तिगत रुपमा आह्वान भएको थियो ।
यही र्यालीमा अन्य ब्यानरसँगै प्रदिपविक्रम राणाको प्रायोजनमा योगी आदित्यनाथको तस्बिर समेत प्रयोग भएको छ । त्यसो त गुरु गोरखनाथलाई शाह बंशका चेला मानिन्छ ।योगी आदित्य नाथ पनि गोरख नाथका चेला भएकाले ब्यानरमा उनको तस्बिर प्रयोग भएको दाबी केही सहभागिहरुले गरेका छन् ।