कार्यसम्पादन सम्झौताअन्तर्गत कर्णाली प्रदेशका १० जिल्ला प्रहरी कार्यालयमध्ये सुर्खेत जिल्ला प्रहरी कार्यालयले ९८ प्रतिशत अंकका साथ प्रथम स्थान हासिल गरेको छ ।
वार्षिक मूल्याङ्कनमा पहिलो स्थान प्राप्त यस उपलब्धिले सुर्खेत प्रहरीको हौसला र मनोबल थप उकास्ने विश्वास गरिएको छ । उक्त उपलब्धिका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी माधव प्रसाद श्रेष्ठले आभार व्यक्त गर्दै, सुर्खेतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले गरिरहनुभएको छ ।