(नेपाल क्राईम)
मनहरी गाउँपालिकाबाट ठूलो परिमाणमा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्।
फागुन २४ गते राति करिब ८:२० बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–८ स्थित भित्री सडकखण्डमा शंकास्पद रूपमा ग ६ प ४५८४ नम्बरको मोटरसाइकल गुडिरहेको देखेपछि जाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला पारेको हो।
मोटरसाइकल चालक मकवानपुर निवासी ३२ वर्षीय राजकुमार तामाङको शरीर तथा सवारी साधन खानतलासी गर्दा मोटरसाइकलको लेगगार्डमा प्लास्टिकमा बेरेर लुकाइ ल्याइएको २ किलो ५३० ग्राम अफिम जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।