एटिएम तोडफोड गर्दै गरेका एक जना पक्राउ

(नेपाल क्राईम)

काठमाडौंको बालाजुमा एटिएम तोडफोड गर्दै गरेका एक जना पुरूष पक्राउ परेका छन्।

नुवाकोट बिदुर नगरपालिका वडा नं। १३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं। १६ माछापोखरी सडक पेटीमा बस्ने वर्ष २९ को ज्ञानेन्द्र ठकुरीलाइ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

ठकुरीले सिमेन्टको ब्लक प्रयोग गरी एटिएम फुटटाएका थिए।