बारामा जारी जितपुर-सिमरा व्यापार तथा सांस्कृतिक महोत्सव
रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो । प्रशासनले बिहान १० देखि साँझ ६ बजेसम्म अनुमति दिए पनि आयोजकले राति ९ बजेसम्म टिकट बेचेका थिए ।
आयोजकले अटेरी गरेर शनिबार रातिसम्म महोत्सव सञ्चालन गरेपछि डीएसपी शुभद्रा वाइबा आफैं स्टेचमा पुगेर महोत्सवको सांस्कृतिक कार्यक्रम स्टेजमा चढेर माइक नियन्त्रणमा लिइन् र माइकको लाइन पनि झिकिदिइन् ।
अनुमति पाएको समयभन्दा धेरै पछि (रातिमा) टिकट बिक्री भइरहेकोले महोत्सवको कार्यक्रम रोकेको डीएसपी वाइबाले बताइन् ।