बाँकेको बागेश्वरी मन्दिरमा  साउन महिनाको पहिलो दिन

श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा नेपालगन्जको  बागेश्वरी मन्दिर भक्तजनको  बिहानबाटै बाक्लो उपस्थिति देखिन्छ।

भगवान शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहँदी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै  बागेश्वरीमा  पूजा अर्चना गर्न पुग्छन्।

श्रावणको सुरुवातसँगै  बागेश्वरी मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ।