(नेपाल क्राईम)
त्रिदेशीय महिला टी–२० आई श्रृङ्खलामा आज नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् ।
लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । तर अपराजित रहेको थाइल्याण्डसामु नेपालका लागि त्यति सहज भने छैन ।