तीन लाख घुससहित वडा अध्यक्ष पक्राउ

जिल्ला रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष जनार्दन यादव र गणेश ट्रेडिङका सञ्चालक विपिन कुमार पाण्डेयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु. ३,००,००० (तीन लाख रुपैयाँ) घुस रकमसहित पक्राउ गरेको छ ।आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले मिति २०८२ असार २३ गते सिद्धार्थनगर नगरपालिका वडा नं. ९ बाट उनीहरू पक्राउ  गरिएको हो ।

वडा अध्यक्ष यादवले वडा नं. ३ मा सञ्चालित विभिन्न योजनाहरूको निर्माण कार्य सम्पन्न भएपश्चात् भुक्तानी सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग मोलमोलाई गरी घुस मागेको आरोप छ । उनले उक्त रकम श्री गणेश ट्रेडिङका सञ्चालक पाण्डेयमार्फत लिन लगाएका थिए ।पाण्डेयले घुस रकम लिइसकेको अवस्थामा आयोगको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।