ब्राउन सुगरसहित दुई युवक पक्राउ

कपिलवस्तुमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्।

मायादेवी गाउँपालिका–३ खैराटीका २८ वर्षीय विनोद कुमार पाण्डे र मायादेवी–८ नन्दनगरका ३५ वर्षीय श्यामसुन्दर यादव पक्राउ परेका हुन्।

मोटरसाइकल चालक पाण्डेको शरीर खानतलासी गर्दा उनले लुकाइछिपाइ राखेको अवस्थामा १८८ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार उनीहरू मायादेवी गाउँपालिका –१ बर्रोहियाबाट पक्राउ परेका थिए।