नारायणहिटी संग्रहालय परिसरमा गर्ने भनेको दीप प्रज्ज्वलन कार्यक्रमस्थल  सारियो

हिमानी ट्रस्टले दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजपरिवारको सम्झनामा नारायणहिटी संग्रहालय परिसरमा गर्ने भनेको दीप प्रज्ज्वलन कार्यक्रमस्थल सरेको छ।

काठमाडौँ प्रशासनले नारायणहिटी आसपास निषेधित क्षेत्र तोकेसँगै सोमबार गर्ने दीप प्रज्ज्वलन कार्यक्रम कमलादीको गणेस्थान मन्दिरमा सारिएको हिमानी ट्रस्टका कार्यक्रम संयोजक अनुज कार्कीले जानकारी दिए। भोलिको कार्यक्रम नारायणहिटी परिसरमा नहुने भएको छ। अब दीप प्रज्ज्वलन कमलादी गणेस्थान मन्दिरमा सारिएको छ,’ उनले भने, ‘कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ।’