तुलसीपुरमा जुवाको खालबाट नगदसहित ११ जना मानिस  पक्राउ

(नेपाल क्राईम)                                                           जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुरमा जुवाको खालबाट नगदसहित ११ जना मानिसलाई पक्राउ गरेको छ ।

तलसीपुर उप–महानगरपालिका वडा नं. ९ रामनगर बस्ने कमल बि.क. बगालेको घरबाट १ लाख १६ हजार ८ सय रुपियाँसहित ११ जनालाई पक्राउ गरिएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।कमल बि.क.को घरमा जुवातास खेलीरहेको गोप्य सूचनाको आधारमा मंगलबार प्रहरीले छापामारेको थियो । प्रहरीले ७ गड्डी तास पनि बरामद भएको छ ।