बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु

चितवनको  सामुदायिक वनमा बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।

घाँस काट्न गएका खैरहनी-१३ गवैका ६८ वर्षीय पदमबहादुर राना मगरको बाघले आक्रमण गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।