हिंसा भड्काउने र सार्वजनिक शिष्टाचार विरुद्धको अपराध गरेको भन्दै प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट उनलाई मंगलबार पक्राउ गरिएको हो । प्रहरी स्रोतका अनुसार, उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो । भुसाल पछिल्ला दिनमा सञ्चार सम्पर्क विच्छेद गरेर बसेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन दिनदेखि उनको खोजी गरिरहेको थियो । डा. भुसाललाई काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाइने भएको छ ।