काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि वर्षा शनिबार बिहानैदेखि काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा अविरल वर्षा सुरु भएको छ। दिउँसो र बेलुका भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बागमती र मधेस प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोशीका केही स्थानमा वर्षा भइरहेको छ। यो वर्षा आइतबार बेलुकासम्म हुनै आकलन गरिएको छ। जसकारण अत्यावश्यक काममा बाहेक सडक यात्रा नगर्न अनुरोध गरिएको छ।
वर्षापछि विभिन्न राजमार्ग अवरुद्ध समेत भएका छन्। धादिङको जवाङ खोलामा पहिरो आउँदा मुग्लिन–नागढुंगा सडक अवरुद्ध भएको छ। नारायणगढदेखि मुग्लिन सडक पनि पहिरोका कारण केही समय अवरुद्ध भएको थियो।