मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रहेका छन् ।

शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकलले सडकमा रोकेर राखेको ट्र्याक्टरलाई ठक्कर दिँदा मोटरसाइकल चालक ३८ वर्षीय विनोद राउतको मृत्यु भएको हो ।