दाङमा एक व्यक्तिले आफैँलाई गोली हाने

(नेपाल क्राईम)

दाङमा एक व्यक्तिले आफैँलाई गोली हानेका छन् । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैँलाई गोली चलाएका हुन् ।प्रहरीका  अनुसार उनको मृत्यु भइसकेको छ । आचार्यले लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैँमाथि गोली चलाएको पाइएको प्रहरीले जनाएको छ ।

आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । आफैँमाथि गोली चलाउनुको कारण भने खुलेको छैन ।