७२ सहसचिवको सरुवा,

सरकारले एकैपटक ७२ जना सहसचिवको सरुवा गरेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साेमबार उक्त संख्यामा सहसचिवहरूको सरुवा गरको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका ७२ जना उच्चपदस्थ कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।यो सरुवामार्फत विभिन्न मन्त्रालय, संवैधानिक निकाय, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर भएको छ ।