सशस्त्र प्रहरी असई सोमराज शर्मा बिवादित, फोन रेकर्डपछि मुख्यालय तानिए

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण मातहत जैसपुर बिओपीमा कार्यरत असई (सहायक निरीक्षक) सोमराज शर्मा बिदादित भएका छन्। स्रोतका अनुसार शर्मा लामो समयदेखि अनुशासनहीन गतिविधिमा संलग्न रहँदै आएका थिए।

नेपाल सरकारले कर्मचारीलाई तलब भत्ता खुवाउन र प्रशासनिक खर्च धान्न कठिन भएको भन्दै देशभरका नाकाबाट तस्करी रोक्न कडाईका साथ सुरक्षाकर्मीहरु परिचालन गरेको छ । सशस्त्र प्रहरी बल हल्चोक मूख्यालयले देशभरका यूनिट र यूनिट प्रमुखलाई गल्ती नगर्न निर्दैशन दिने गरेको छ ।सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल गत वर्ष भदौ र असोजमा लुम्बिनी , मधेश र कोशी प्रदेशको भ्रमण गरेर मूख्यालय फर्केका थिए । आइजीपी अर्यालले त्यसबेला कोही कसैले गल्ती गरेको प्रमाण भेटेमा जागिरबाट सिधै अवकाश र भ्रष्टचारको गन्ध आए वा तस्करसँगको मिलेमतो गरेमा सिधै मूख्यालय फिर्ता गराइने चेतावनी दिएका थिए । हालै केही फोन रेकर्ड र भिडियो सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो। ती रेकर्डहरूमा उनीले आफ्नो पदको दुरुपयोग गर्दै बाहिरी व्यक्तिसँग अनुचित संवाद गरेका खुल्लेको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार, फोन रेकर्डको आधारमा उनलाई तत्काल प्रभावबाट जैयसपुर बिओपीबाट फिर्ता बोलाई सशस्त्र प्रहरी मुख्यालयमा तानिएको छ। साथै, आन्तरिक छानबिन प्रक्रिया अघि बढाइएको जनाइएको छ।घटनासँग सम्बन्धित थप विवरण भने अनुसन्धानपछि मात्र खुल्ने जनाइएको छ। यसबीच सशस्त्र प्रहरी संगठनले आफ्नो अनुशासन र आचारसंहिता प्रति कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारेको छ।(रास्स)