विश्वकप जितेको टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध नेपालले ऐतिहासिक जित निकालेको छ । शनिबार युएईको सारजाह क्रिकेट मैदानमा भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो ।
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रनको लक्ष्य प्रस्तुत गर्दा प्रत्युत्तरमा वेस्ट इन्डिजले नौ विकेट गुमाउँदा १२९ रन मात्र बनायो । योसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ ।
टेस्ट राष्ट्रविरुद्ध नेपालको यो जित नै पहिलो हो ।