आजको मौसम

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वी भागमा सामान्य स्थितिमा रहेकामा पश्चिमतिर भने सामान्यभन्दा उत्तरतिर सरेको छ ।

शनिबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा छिटपुट वर्षा देखिएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

साँझपख बागमती, गण्डकी, सुदूरपश्चिम लगायत पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, यीमध्ये केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।