(नेपाल क्राईम)
प्रहरी प्रधान कार्यालयले डीएसपी हिरेन्द्र रोकायालाई लहानमा काज सरुवा गरेको छ। यसअघि लहानमा कार्यरत डीएसपी विष्णु सोतीलाई लागुऔषध नियन्त्रण ब्युरोमा काज सरुवा गरिएको प्रहरीले जनाएको छ। रोकाया पनि यसअघि लागुऔषध नियन्त्रण ब्युरोमै कार्यरत थिए। सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बासुदेव दाहाललाई पनि जिम्मेवारीबाट हटाएर गृह मन्त्रालय तानिएको थियो
।महायज्ञ गर्न औरही गाउँपालिका-५ मा रहेको दीपक मल्लिकको घर भत्काइएको विषयमा कमजोरी देखिएको भन्दै उनको सरूवा गरिएको पनि स्रोतले बताएको छ।सो प्रकरणमा गाउँपालिका अध्यक्षसहित दुई जना थुनामा छन्। तर, लहानका डीएसपीको सरुवा उक्त घटनासँग सम्बन्धित नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।