लागु औषध नियन्त्रण व्यूरोकाे कमाण्ड एसएसपी कृष्णप्रसाद काेइरालाले लिएयता काेकिन र हेराेइन तथा स्मैकका अन्तर्राष्ट्रिय काराेबारी र भरिया धमाधम पक्राउ पर्न थालेका छन् ।
ब्यूराेकाे शाखा कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा खटिएको प्रहरी टोलीले हवाई मार्गहुदै नेपाल प्रवेश गरेका भारतीय नागरिक अब्दुस समद जमाल मन्सुरी पक्राउ गरेकाे छ ।
मन्सुरी कतार एयरवेजको उडान मार्फत अजरबैजानबाट काठमाण्डौ आएका थिए ।ब्यूराेले उनका साथमा ल्याएको झोला भित्र लुकाई राखेको अबस्थामा लागु औषध कोकिन ३ किलो ४०० ग्राम बरामद गरी पक्राउ गरेकाे हाे ।