(नेपाल क्राईम)
उदयपुरको कटारी नगरपालिका–६ सोमबारेस्थित मदन भण्डारी मार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट झापातर्फ गइरहेको मे१च ३०४० नम्बरको जीप बिहीबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा पाँच जना घाइतेसमेत भएका छन् ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईँका अनुसार, दुर्घटनामा मृत्यु हुनेमा झापा जिल्ला दमक नगरपालिकाका न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत रहेका छन् ।