(नेपाल क्राईम)
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उच्च महत्व दिएको बताएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं १ बराहवाहिनी मुख्यालय सुनसरीको २४औँ स्थापना दिवसका अवसरमा उनले लागुऔषधको प्रमुख समस्या रहेको कोशी प्रदेशमा विशेष योजना बनाएर काम गर्न बराहवाहिनी मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिए।अर्यालले वाहिनी र मातहतका युनिटले सीमित बन्दोबस्ती तथा संरचनाका बाबजुत बेसको सीमा सुरक्षा, लागुऔषध विपद् व्यवस्थापनलगायत विविध क्षेत्रमा देखाएको प्रभावकारी कार्य सम्पादन प्रशंसनीय रहेको बताए।