जेनजी प्रदर्शनकारी भन्दै मंगलबार राति सुनसरीको झुम्का कारागार पुगेको एउटा समूहले त्यहाँ रहेका कैदीबन्दी भगाएको छ।
झुम्का कारागार प्रमुख सुवास लामिछानेले दिएको जानकारी अनुसार ब्लक ए र बीमा गरी १०९८ कैदीबन्दी रहेको कारागारका धेरै कैदी भागेका छन्।
ज्यादै बल प्रयोग गर्नुपर्ने अवस्था भएपछि कारागारका सुरक्षाकर्मी पछि हटेको कारागार प्रशासनको भनाइ छ।