मकवानपुरमा भरुवा बन्दुकसहित १ जना पक्राउ

(नेपाल क्राईम)                                           मकवानपुरमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका- १ गडुवानका ५२ वर्षीय जीतबहादुर थिङ छन् ।मनहरी गाउँपालिका- ९ हरियाली सामुदायिक जंगलबाट भरुवा बन्दुक १ थान, खकुरी १ थान, गोली जस्तो देखिने फलामको वस्तु ३३ थान, बल बेरिङ १३ थान, छर्रा २४ थान र बारुद ३ सय ५ ग्रामसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।