मौसम

काठमाडौं उपत्यकामा बुधबार बिहान तुलनात्मकरूपमा चिसो महसुस भएको छ। बुधबार काठमाडौंको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ भने न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ।

अहिले काठमाडौंको आकाशमा बादल देखा परेको छ। एका बिहानै बादल देखा परे पनि पानी भने नपर्ने मौसमविद् विनोद पोखरेलले जानकारी दिए।

उनका अनुसार काठमाडौंसहित देशका विभिन्न भागमा तत्काल पानी पर्ने सम्भावना छैन।