नेपालको सुपर-३ को सम्भावना कायम

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको महत्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकालेको छ।

बिहीबार थाइल्यान्डमा भएको समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा नेपालले बहराइनलाई पराजित गरेसँगै समूहको शीर्ष स्थानमा रहेर सुपर-३ मा पुग्ने सम्भावना कायम राखेको हो।

थाइल्यान्डको बैंककमा वर्षाले प्रभावित खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनले ३ विकेटको क्षतिमा ७६ रन बनाउँदा खेल रोकिएको थियो।

वर्षा रोकिएपछि नेपाललाई डिएसएलको मेथडमा ७ ओभरमा ५६ रनको लक्ष्य दिइएको थियो। जुन लक्ष्य नेपालले ५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।