(नेपाल क्राईम)
दाङमा बस दुर्घटनामा परेर घाइते भएका तीन जनालाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ । बाँकी १० जना सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङको बबई गाउँपालिका–२ तल्लो ट्वाङ्खोलाको घुम्तीमा गएराति दुर्घटना भएको थियो । कर्णाली प्रदेश ०२–००१ ख –०७०१ नम्बरको बस दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेको प्रहरी टोलीले घाईतेको उद्धार गरेको खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए ।