बाँकेको बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दाजुभाइको मृत्यु

            (निल जैसवाल ) बाँके

बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दाजुभाइको मृत्यु भएपछि तनावग्रस्त बनेको थियो  । ७ वर्षीय शिव गोडिया र ९ वर्षीय उनका दाजु विशाल गोडिया स्कुलबाट घर फर्किंदा बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो।

घटनास्थलबाट स्थानीयले शव उठाउन दिएका छैनन् भने  स्थानीयका अनुसार दुवै जना बेतहनीको  नौरीगढी एकेडेमीमा एलकेजीमा अध्ययनरत थिए।

घटनालगत्तै आक्रोशित स्थानीयले पानी बोक्ने ट्यांकरमा आगो लगाएका थिए। उक्त ट्यांकर पूर्ण रूपमा जलेर नष्ट भएको छ। उक्त आगजनीबाट प्रहरी चौकी, प्रहरीका मोटरसाइकल पनि जलेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी निरीक्षक यमबहादुर मल्लले  बताए।