(महेन्द्र सिंह )
बाँके । सुर्खेत लेखवेशी नगरपालिका १ राटामाटा बस्ने ३०वर्षको भक्तराज थापा र जिल्ला दैलेख भगवतीमाई गा.पा.३ बस्ने वर्ष २८को हिमाल खड्कालाई ब्राउन सुगर जस्तो जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल ११ ग्राम ४७० मिलि ग्राम दाहिने खुट्टाको जुत्ता भित्रा लुकाइ छिपाइ राखेको अवस्थामा फेला पारि जमुना प्रहरीले पक्राउ गरेको छ ।
भारतको रुपैडियाबाट नेपालगन्ज ल्याउनेक्रममा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र जमुनाह प्रहरी बाँके बाट विशेष प्रहरी टोलिले खटि चेकजाँचको क्रममा दुई जनालाई पक्राउ गरेका हुन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तुल बहादुर कार्कीले जानकारी दिएका छन ।