(नेपाल क्राईम) नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ । गएराति करिब ११ः३० बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायत लगायतको समूहले सिंहमाथि कुटपिट तथा चक्कु प्रहार गरेको हो ।प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाल रहेका छन् ।उनीहरुलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।