रसुवामा ठुलो परिमाणमा तस्करीको सुन सहित एक जना पक्राउ

रसुवामा ठुलो परिमाणमा तस्करीको सुन सहित एक जना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले उक्त सुन बरामद गरेको हो । बरामद सुनको तौल कार्य भइरहेको र परिमाणबारे विस्तृत विवरण खुलाइएको छैन । तर, सो सुन ७ केजी भन्दा बढी रहेको अनुमान गरिएको छ ।केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा सो सुन भेटिएको हो । उक्त गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।