वडा प्रहरीले चोरी भएको मोटरसाइकल फेलापारी सवारी साधनलाई बुझाइयो

(महेन्द्र सिंह ) बाँके                                                         बाँके कोहलपुर नगरपालिका ११ लोक नगर बस्ने रामफल चौधरीको घरमा पार्किङ रहेको भे ९ प ७६६६ नम्बरको मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल चोरी भएको सूचना पाएपक्षात वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उक्त मोटरसाइकललाई फेला पारेको वडा कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन् फेला पारिएको उक्त भे ९ प ७६६६नम्बरको मोटरसाइकललाई आज वडा प्रहरी कार्यालय नेपालगञ्जले सवारी धनी चौधरीलाई हस्तान्तरण गरेको वडा प्रहरीले जनाएको छ।