तास खेलिरहेका पाँचजना पक्राउ

(नेपाल क्राईम)

काठमाडौंमा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९, रातोपुलकी ६२ वर्षीया विजया श्रेष्ठसहितका व्यक्तिहरू छन् ।

काठमाडौं–४, चण्डोलस्थित सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (फागुन ९) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।