खजुरा धनौली प्रहरीले फिर्ता गर्‍यो फेला परेको मोबाइल

नेपालगन्ज बाँकेको  खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीले फेला परेको मोबाइल, ब्याग र रकम सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । खजुरा गाउँपालिकाको १ नम्बर बजारदेखि एफ गाउँ जाने क्रममा सुर्खेतको वीरेन्द्रनगर-५ की २५ वर्षीया पुनम रसायलीले हराएको मोबाइल लगायतका सामग्रीको खोजतलास गर्ने क्रममा फेला पार्दा  पुनमलाई आज इलाका प्रहरी कार्यालय धनौलीले हस्तान्तरण गरेको जानकारी दिएको छ ।